नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो,नवलपुर देबचुली 4 का बासिन्दाले यति सानो खोलामा पनि यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्।
सधैंजसो सुख्खा रहने खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यति ठूलो बाढी कहिल्यै आएको थिएन।तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै डुवानमा बनायो ।संयोगवश बाढीले मानवीय क्षति नगरे पनि केही आकारमा भौतिक नोक्सानी पुरयाएको छ।गाउँका धेरै बासिन्दाको घरभित्र बाढी पसेको छ। भौतिक क्षति थोरै भएपनी गाउँमा केही बेर ठुलै त्रास र होहल्ला मच्चाएको थियो। बाढीको कहर अहिले कम भइसकेको छ।
#Rajpoudel,Nawalpur.